कफी विकास केन्द्र नेपाल अधिराज्यको एकमात्र कफीको श्रोतकेन्द्र लगायत कफी विकास सम्वन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने संघिय संरचनामा रहेको सरकारी फार्म हो । यो केन्द्र लुम्बिनी अञ्चल, ५ नं. प्रदेश अन्तर्गत गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वार्ड नं। ५, आँपचौरमा अवस्थित रहेको छ। वि.सं. २०४१ साल माघ २ गते देखि फाल्गुण १ सम्म तत्कालिन स्व। राजा वीरेन्द्र वीर विक्रम शाहदेववाट पश्चिमाञ्चल विकास क्षेत्रको अनौपचारिक सवारी भ्रमणको शुभ अवसरमा गुल्मीको मुख्य कफी क्षेत्र रहेको आँपचौरको भ्रमण पश्चात कफी विकासको लागि निर्देशन बक्स भए बमोजिम कार्यक्रम सञ्चालन हुन थाल्यो, सोही निर्देशन बक्स कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वि।सं। २०४२ साल फाल्गुण ७ गते कफी विकास केन्द्रको स्थापना भएको हो । स्थापनाकालदेखि नै यस केन्द्रले कफी वीउ तथा विरुवा उत्पादन वितरण, कफी जर्मप्लाज्मको संरक्षण सम्बर्द्धन, समस्या समाधानका लागि स-साना कार्यमुखी (Action oriented)अध्ययन परीक्षण, तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको छ।स्थापना कालमा यसको क्षेत्रफल २७.८ रोपनी मात्र भएकोमा आ।व। २०७३र०७४ मा ९.४५ रोपनी जग्गा प्राप्ती पछि यसको कूल क्षेत्रफल ३७.३३ रोपनी भएको छ ।
२. भौगोलिक स्थिति तथा हावापानी :

यो केन्द्र गुल्मी जिल्लाको सदरमुकाम तमघास देखि ३१ कि।मी टाढा उत्तर(पूर्वमा पर्दछ ।वुटवल-तमघास मूल मार्ग र वुटवल-वुर्तिवाङ्ग मार्गमा अवस्थित गुल्मीको रिडी वजारबाट ३३ कि।मी। उत्तरमा रहेको छ । हाल यी सडकहरुको स्तरीकरण भैरहेको छ । समुद्र सतहबाट ७२५ देखि ७७५ मीटर उचाइमा रहेको यस केन्द्रको हावापानी उपोष्ण किसिमको रहेको छ । यस केन्द्रमा अधिकतम तापक्रम ३०-३२ डि।से। र न्युनतम ९-१२ डि।से., औसत तापक्रम १२ देखि २७ डि।से।को वीच रहेको पाईन्छ । यहाँको औषत आर्द्रता ७०–७५ प्रतिशत तथा वार्षिक वर्षा सरदर १५०० देखि १६०० मि।मी। सम्म रहेको पाईन्छ ।
३. प्रभाव कार्य क्षेत्र
नेपाल अधिराज्यका कफी उत्पादन गर्न सकिने सम्भाव्य क्षेत्रहरु ।
४. दिर्घकालिन सोच, लक्ष्य र उदेश्य स्
४.१ दिर्घकालिन सोच
दिगो कफी विकासको लागि राष्ट्रिय श्रोत केन्द्रको रुपमा रही गुणस्तरयुक्त वीउरविरुवा, तालिम र समसामयिक प्राविधिक सेवा उपलब्ध गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *