A Brief Heading

कार्यालयको परिचयः

कफी विकास केन्द्रको स्थापना २०४२ साल फाल्गुन ०७ गते स्थापना भएको हो । कफी विकास केन्द्र, मुसिकोट नगरपालिका वडा नं ०५, आपँचौर, गुल्मी जिल्ला, लुम्बिनी प्रदेशमा रहेको नेपाल सरकारको लगानी रहेको नेपालको कफी विकाससँग सम्बन्धित कार्य गर्ने एक मात्र फार्म केन्द्र हो । यो फार्म कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि बिभाग, राष्ट्रिय फलफूल विकास केन्द्र अन्तरगत रहेको छ ।
यस फार्मको कूल क्षेत्रफल २१३ रोपनी ८ आना रहेको छ ।

कफीको परिचयः

कफी रुवियसी Rubiaceae परिवारको एक महत्वपूर्ण नगदे वाली हो । यसको पाकेको फललाई प्रशोधन गरी नरम पेय पदार्थ को रुपमा सेवन गरिन्छ । विश्व बजारमा पेट्रोलियम पदार्थ पछि दोश्रो स्थानको रुपमा बजारीकरण हुने बस्तु भएकोले नै यसलाई खैरो सुन पनि भन्ने गरिन्छ । बिश्वमा आयात र निर्यात गरी करिव ३९ बिलियन अमेरिकी डलरभन्दा बढिको कारोबार हुने गर्दछ ।
रुवियसी परिवारमा ५०० कफीया बंश र ६००० जति प्रजाती छन् । ति मध्ये ४ वटाCoffea arabica, Coffea canephora (robusta), Coffea liberica, Coffea excelsa प्रजाती मात्र उपभोग गर्न मिल्ने खालका छन् । नेपालमा Coffea arabica प्रजातीको कफी खेती गरिएको छ । यो निर्यात संम्भाब्यता रहेको र उच्च गुणस्तरको कफी हो । यस अन्तर्गत धेरै जातहरुको ब्यबसायिक खेती गरिएको छ साथै थप जातीय अनुसन्धान तथा विकास भैरहेको छ ।
कफी एक नरम पेय पदार्थ हो । विश्वमा कफीलाई चिया पछिको दोश्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ । कफीमा स्फूर्ति ल्याउने क्याफिन (caffeine) लगायत कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बो्क्सिलिक एसिड) पाइन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । अराबिका कफीमा क्याफिनको मात्रा ०.८ देखि १.५ प्रतिशत र रोबष्टा कफीमा १.७ देखि ४.० प्रतिशत सम्म पाईन्छ ।

कफी खेतीको ऐतिहासिक पृष्ठभूमि एवं महत्व

कफीको इतिहास

अरेबिका कफीको उत्पत्ति इथियोपियाको एविसिनीयामा भएको पाइन्छ, तापनि यसको खेती पेय पदार्थको रुपमा अरेबियन देशहरुले शुरु गरेका थिए, र त्यसपछि मात्र अन्य युरोपियन देशहरुमा फैलियो । त्यसैगरी रोबष्टा कफिको उत्पत्तिस्थान मध्य अफ्रिकाको कगोंलाई मानिन्छ ।
हाल विश्वमा ७० भन्दा बढि देशहरुमा कफीको खेती गरिन्छ जस्मा ७०% अराबिका र ३०% रोवस्टा कफी उत्पादन हुन्छ । आ.व. विश्वमा करिव १,०८,४०,१३० हेक्टर क्षेत्रफलवाट ९२,१२,१६९ मेट्रिक टन ग्रीन विन कफी उत्पादन भएको छ (ँब्इक्त्ब्त्, द्दण्ज्ञठ० । विश्वमा कफी निर्यात गर्ने प्रमुख देशहरुमा ब्राजिल, भियतनाम, कोलम्बिया, इण्डोनशिया, होण्डुरस, इथोपिया, युगाण्डा, भारत, ग्वाटेमाला, पेरु, हुन् भने, आयात गर्ने प्रमुख देशहरुमा युरेपियन यूनियन, संयुक्त राज्य अमेरिका, जापान, क्यानडा, स्विट्जरल्याण्ड, रुस, दक्षिण कोरिया, अल्जेरिया, मलेशिया, अस्ट्रेलिया छन् । भारतमा कफी खेतीको थालनी करीब ई.सं. १६०० तिर बाबा बुडान नामक मुस्लिमले यमनबाट अराविका जातको कफीको दाना ल्याई कर्नाटक राज्यको चिकमगलुरको नजीकैको पहाडमा लगाएका थिए । नेपालमा कफी भित्रिएको ८१ वर्ष जति भए पनि यसले व्यावसायिकता पाएको धेरै भएको छैन ।

 

नेपालमा कफी खेतीको ऐतीहासिक पृष्ठभूमि तथा विस्तारको अवस्था

वि.सं. १९९५ः आँपचौर, गुल्मीका साधु श्री हीरा गिरीद्वारा बर्माबाट अराविका जातको कफी ल्याई कफी खेतीको शुरुवात ।
वि.सं. २००० ःकौतुहल वालीको रुपमा आँपचौरमा फाटफुट रुपमा कफी खेतीको विस्तार ।
वि.सं. २०३२ ः सरकारी स्तर (कृषि विकास वैंक) वाट कफी वीउ भारतवाट ल्याई वितरण भए पश्चात आँपचौर र वरपरका क्षेत्रमा व्यावसायिक रुपमा कफी खेती विस्तार शुरु ।
वि.सं. २०३४÷३५ः कफी कृषक श्री पारेश्वर खरालले कफी नर्सरी तयार गरी कफीका विरुवा बेच्न शुरु ।
वि.संं. २०४१ ः स्व. राजा बीरेन्द्रको पश्चिमाञ्चल विकास क्षेत्रको अनौपचारिक भ्रमणमा आँपचौरको कफी निरीक्षण पछि कफी विकास केन्द्र स्थापना गर्न निर्देशन ।
वि.सं. २०४२ ः आँपचौर, गुल्मीमा कफी विकास केन्द्रको स्थापना ।
वि.संं. २०४६÷४७ ः कफी खेती विस्तारको लहर ।
वि.संं. २०४७ ः पाल्पामा नेपाल कफी व्यवसायी संघको स्थापना ।
वि.सं. २०४८÷४९ः कफी बजारको अभाव भएकोले कफी फडानी गरी अन्य बाली लगाउन सुरु ।
वि.सं २०४९÷५० ः राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना ।
वि.सं २०४९÷५० ः फलफूल विकास निर्देशनालय अन्तर्गत राष्ट्रिय कफी तथा चिया विकास शाखा, कीर्तिपुर को स्थापना ।
वि.सं. २०५९ ः अन्र्तराष्ट्रिय गै.स.स हेल्भेटास नेपालवाट कफी प्रवद्र्धन कार्यक्रमको शुरुवात ।
वि.सं. २०६० ः राष्ट्रिय कफी नीति जारी ।
बि सं २०६२ ः मंसीर १ लाई राष्ट्रिय कफि दिवसको रुपमा घोषणा ।
बि सं २०६७ ः नेपाल कफीको लोगो सार्बजनिक ।
बि सं २०७१ ः गुल्मी जिल्लाको रुरु गाँउपालिकाको वलेटक्सार स्थित भण्डारी डाँडाँमा कफी अनुसन्धान कार्यक्रमको स्थापना ।
नेपालमा हाल कृषि मन्त्रालय अन्तर्गतका निकायहरु लगायत बिभिन्न संघ सस्थाहरु कफी खेतीको विकास, बिस्तार तथा बजारीकरणको लागि सक्रिय अबस्थामा कार्य गरिरहेका छन् । तैपनि कफीको क्षेत्र विस्तार तथा उत्पादन सन्तोषजनक छैन । कफीको सेतो गँवारो नियन्त्रणको लागि चुनौती रहेको छ । कफीको सिन्दुरे रोग देखा परिसकेको छ । दक्ष प्राविधिकको कमी, कफी सम्बन्धी अनुसन्धानको कमी, कफी बजार व्यवस्थापन सुदृढ हुन नसक्नु लगायतका बिषयहरु चुनौतीको रुपमा रहेकोले सुधार गर्नुपर्ने देखिन्छ ।

नेपालमा कफीको वर्तमान स्थिति

आ.व. २०७७÷०७८ मा नेपालमा करिव ३०५६.७ हेक्टरमा कफी खेती भइरहेको र सो क्षेत्रबाट करिव ३१४.५ मे.टन ग्रिनबिन उत्पादन भएको छ (श्रोत ः राष्ट्रिय चिया तथा कफी विकास वोड, २०२र्२) । हाल नेपालमा ४३ भन्दा वढी जिल्लामा कफी खेती विस्तार भैरहेको छ । यस मध्ये पश्चिमाञ्चल क्षेत्रका ११ जिल्ला सहित कुल २३ जिल्लाहरु (स्याङ्जा, गुल्मी, काभ्रे, कास्की, नुवाकोट, अर्घाखांची, पाल्पा, सिन्धुपाल्चोक, ललितपुर, लम्जुङ, पर्वत, वाग्लुङ्ग, इलाम, धादिङ्ग, पाँचथर, गोरखा, तनहुँ, मकवानपुर, म्याग्दी आदि) मा व्यावसायिक रुपले कफी खेती भइरहेको छ । नेपालमा हाल १४ कफी सहकारीहरु, ७०० बढि समूहहरु, करिव ३१३४० कृषकहरु कफी खेतीमा संलग्न भएको देखिन्छ । हाल नेपालबाट ७२.४८ मे. टन कफी निर्यात भएको छ । नेपाली कफी निर्यात हुने प्रमुख देशहरुमा जापान, कोरिया, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड, जर्मनी रहेका छन् ।
गुल्मी जिल्लामा कफीको वर्तमान स्थिति
गुल्मी जिल्लाको सन्दर्भमा यस जिल्लामा कफी सहकारी संघ समेत गठन भै क्रियाशील रहेको अवस्था छ । हाल जिल्लामा ७० बढि वटा कफी उत्पादक समूहमा १९६५ कृषकहरु आवद्ध भै कफी खेतीको विस्तार तथा वजार प्रवद्र्धनमा सक्रिय रहेका छन् । आ.व २०७७÷०७८ मा गुल्मी जिल्लामा करिव २३१ हेक्टर क्षेत्रफलमा कफी खेती भैरहेको र ग्रीन विनउत्पादन करिव २७ मे टन रहेको छ । गुल्मी जिल्लाका विभिन्न गा.पा. र न.पा. हरुमा कफीको ब्यबसायिक खेती तथा क्षेत्र बिस्तारको कार्य भैरहेको छ ।
युरोपियन युनियनको सहयोगमा गरिएको सर्भेक्षण अनुसार गुल्मी जिल्लाका सवै गा.पा र न.पा. गरि करिव कूल ४४९४३ हेक्टरमा कफी खेती गर्न सकिने र सो मध्ये कफी खेती गर्न अति उपयुक्त जग्गा सवै गा.पा र न.पा. गरि जम्मा ५६३९ हेक्टर मध्ये धुर्कोट (१०८२ हे.), मदाने (१०७७ हे.) र मुसिकोट (६१८ हे.) मा सबै भन्दा वढी क्षेत्रफल रहेको छ ।

 

कफीको आर्थिक महत्व

कफीमा पाईने क्याफिनले मानव शरीरमा आनन्द, उत्तेजना तथा स्फुर्ति दिने कार्य गर्दछ । कफीको सेवनबाट कोलेष्ट्रोल घट्ने तथा एन्टी अक्सिडेन्ट गुण भएकोले मानव स्वास्थ्यमा बिबिध सकारात्मक प्रभाव पार्ने पाईएको छ । कफी खेतीबाट प्रशस्त आर्थिक उपार्जन गर्न सकिने, छहारीजन्य अन्तरबालीबाट अतिरिक्त आम्दानी लिन सकिने, कफी बगैचाबाट भःूक्षय ब्यबस्थापनमा टेवा पुगी पर्याबरणीय संरक्षण हुनजान्छ । कफी खेतीको विकास, बिस्तार तथा बजारीकरणबाट आयात प्रतिस्थापन तथा बिदेशी मुद्रा आर्जनमा टेवा पुग्ने देखिन्छ । कफी प्रशोधन लगायतका कार्यहरुबाट उद्योग संचालन तथा रोजगारीको अबस्था सिर्जना गर्नमा समेत टेवा पुग्न जान्छ । अन्तमा नेपाली कफीको आफ्नै लोगो, प्राङ्गारीक उत्पादन, एक मात्र अरेविका जातको कफी उत्पादनमा जोड, शुक्ष्म हावापानी तथा नेपालको अधिकांस जग्गा ८००—१५०० मि.उचाईमा हुनुले उत्पादित कफीको गुणस्तर धेरै राम्रो हुने भएकोले स्पेसियालिटी कफी उत्पादन भई कृषकहरुको आयमा बृद्धि हुनुको साथै विदेशी मुद्रा आर्जनमा थप सहयोग हुन जान्छ साथै विश्व मानचित्रमा नेपालको पहिचानमा समेत अभिबृद्धि हुने देखिन्छ ।

कफीको सेवनबाट कोलेष्ट्रोल घट्ने तथा एन्टी अक्सिडेन्ट गुण भएकोले मानव स्वास्थ्यमा बिबिध सकारात्मक प्रभाव पार्ने पाईएको छ ।