गुल्मीको पहिचान कफी

कफी विकास केन्द्र नेपाल अधिराज्यको एकमात्र कफीको श्रोतकेन्द्र लगायत कफी विकास सम्वन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने संघिय संरचनामा रहेको सरकारी फार्म हो ।

हाम्रो बारे

कफी विकास केन्द्र नेपाल अधिराज्यको एकमात्र कफीको श्रोतकेन्द्र लगायत कफी विकास सम्वन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने संघिय संरचनामा रहेको सरकारी फार्म हो । यो केन्द्र लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वार्ड नं ५, आँपचौरमा अवस्थित रहेको छ। वि.सं. २०४१ साल माघ २ गते देखि फाल्गुण १ सम्म तत्कालिन स्व। राजा वीरेन्द्र वीर विक्रम शाहदेववाट पश्चिमाञ्चल विकास क्षेत्रको अनौपचारिक सवारी भ्रमणको शुभ अवसरमा गुल्मीको मुख्य कफी क्षेत्र रहेको आँपचौरको भ्रमण पश्चात कफी विकासको लागि निर्देशन बक्स भए बमोजिम कार्यक्रम सञ्चालन हुन थाल्यो, सोही निर्देशन बक्स कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वि।सं। २०४२ साल फाल्गुण ७ गते कफी विकास केन्द्रको स्थापना भएको हो । स्थापनाकालदेखि नै यस केन्द्रले कफी वीउ तथा विरुवा उत्पादन वितरण, कफी जर्मप्लाज्मको संरक्षण सम्बर्द्धन, समस्या समाधानका लागि स-साना कार्यमुखी (Action oriented)अध्ययन परीक्षण, तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको छ।स्थापना कालमा यसको क्षेत्रफल २७.८ रोपनी मात्र भएकोमा आ।व। २०७३र०७४ मा ९.४५ रोपनी जग्गा प्राप्ती पछि यसको कूल क्षेत्रफल ३७.३३ रोपनी भएको छ ।

दिर्घकालिन सोच

दिगो कफी विकासको लागि राष्ट्रिय श्रोत केन्द्रको रुपमा रही गुणस्तरयुक्त वीउरविरुवा, तालिम र समसामयिक प्राविधिक सेवा उपलब्ध गराउने ।

लक्ष्य

कफीको जातीय बगैँचा (Varietal Block) स्थापना तथा व्यवस्थापन गुणस्तरयुक्त कफी वीउ तथा विरुवा उत्पादन तथा वितरण कफी उद्यमशिलता विकासको लागि सीप विकास तालिम तथा प्राविधिक सेवाको उपलव्धता कफी समस्यामा आधारित स¬ साना कार्यमूखी अध्ययन र परिक्षण समय सापेक्ष गुणस्तरयुक्त उत्पादन, प्रशोधन तथा वजारीकरण सम्बन्धी प्रविधी विकास एवं विस्तार जातीय जर्मप्लाजम संकलन, संरक्षण एवं सम्बर्धन

बृहत उद्देश्य

प्राङ्गारिक कफीको उत्पादन, प्रशोधन तथा बजारीकरणको लागि अध्ययन, अनुसन्धान तथा प्रदर्शनवाट प्राप्त सफल प्रविधिहरुलाई तालिम लगायत विभिन्न माध्यमहरुवाट उद्यमशीलता तथा व्यवसायिकरण गर्न सहजीकरण गर्दै कृषकरउद्यमीहरुको आर्थिक सुधार गर्न योगदान पुर्‍याउने ।

उद्देश्यहरुः

विभिन्न अनुसन्धान, अध्ययन प्रदर्शनवाट उत्कृष्ठ प्रमाणित भएका कफीका विभिन्न जातहरुको वीउ तथा विरुवा उत्पादन एवं विक्री वितरण गरी क्षेत्र बिस्तारमा टेवा पु¥याउने । कफीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न प्राविधिक सेवा टेवा पु¥याउने । निजी तथा संघसंस्थामा स्थापित नर्सरी÷फार्महरुको आवश्यकता अनुसार अनुगमन, निरिक्षण र पृष्ठपोषण गर्ने । कफीका उन्नत जातहरु लगायत विद्यमानमा रहेका समस्याहरु पहिचान गरेर उपयुक्त कृषि प्रविधिको खोजी एंवं अध्ययन परीक्षण गर्ने । कफी कृषकहरु तथा प्राविधिकहरुलाई कफी खेती प्रविधि सम्बन्धी समय सापेक्ष तालीम प्रदान गर्ने । स्थानीय एवं वाह्य क्षेत्रको हावापानी सुहाउँदो कफी बालीहरुको जर्मप्लाज्म संकलन तथा संबर्धन, गर्ने । कफी सम्बन्धी विभिन्न क्षेत्रका तालिममा विषय–विशेषज्ञलाई प्रशिक्षकको रुपमा उपलब्ध गराई कृषि प्रविधिको विस्तारमा सहयोग पु¥याउने ।

यस्तो छ कफी इतिहास

काठमाडौं : देशमा कफीको इतिहास ७८ वर्ष पुरानो छ । हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय जान्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । हाइल्यान्ड अर्गानिक कफी कम्पनीका अध्यक्ष कृष्ण घिमिरेका अनुसार त्यही बेलादेखि गुल्मी जिल्लाबाट कफी फैलिएको हो ।

बिस्तृत पढ्नुहोस

कार्य विवरण

  • कफीको जातीय संरक्षण एवं सम्वर्द्वन गर्ने ।

  • कफी विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाइ पृष्टपोषण सम्वन्धी कार्य गर्ने ।

  • कफी प्रसारण सामग्री उत्पादन तथा वितरण गर्ने।

  • कफी उत्पादन, प्रशोधन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाई प्रविधि प्रसारण तथा तालिम प्रदान गर्ने

  • सम्वन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।

  • कफी विकास सम्वन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसंग समन्वय एवं सहकार्य गर्ने

  • फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।

  • सम्वन्धित विषयको समस्या समाधानका लागि स(साना कार्यमुखी ९ब्अतष्यल यचष्भलतभम० अध्ययन परीक्षण संचालन गर्ने ।

  • नेपाल सरकारले तोकेको कफी विकास सम्वन्धी राष्ट्रिय फलफूल विकास केन्द्रको समन्वयमा अन्य कार्यहरु गर्ने ।

  • कफी विकास सम्वन्धमा राष्ट्रिय श्रोतकेन्द्रको रुपमा कार्य गर्ने ।