१. आयोजना रहेको स्थान :
क) प्रदेश : लुम्बिनि
ख) जिल्ला : गुल्मी
घ) नगरपालिका: मुसिकोट नगरपालिका
ङ) वडा नं.ः ५
च) स्थान: आपचौर, तल्लाफांट

२. सिमाना :
पूर्व : सामुदायिक वन
पश्चिम : तल्लाफांट कुलो, गेंदी खोला
उत्तर : मूल बाटो (बुटवल बुर्तिवाङ्ग मार्ग), बजार
दक्षिण : तल्लाफाँट मूल कुलो, शिवशङ्कर मा.वि

३. हावापानी :
समुद्र सतहबाट ७२५ देखि ७७५ मिटर उचाइमा रहेको यस केन्द्रको हावापानी उपोष्ण किसिमको रहेको छ । यस केन्द्रमा अधिकतम तापक्रम ३०-३२ डि.से. र न्युनतम ९-१२ डि.से., औसत तापक्रम १२ देखि २७ डि.से. को बीच रहेको पाईन्छ। यहाँको औषत आर्द्रता ७०-७५ प्रतिशत तथा वार्षिक वर्षा १५०० देखि १६०० मि.मी. सम्म हुने गर्दछ। आषाढ, श्रावण र भाद्र महिनामा वढी वर्षा हुने गर्दछ भने कार्तिक मंसीर महिना देखि चिसो शुरु हुन्छ। चैत्र वैशाख महिनामा हावा हुरी लाग्ने र कहिलेकाँहि असिना समेत पर्ने हुँदा कफीको फूल फुल्ने अवस्थामा क्षती पुग्ने गर्दछ ।

४. यातायात :
यातायातको हकमा तानसेन तम्घास मूल मार्गलाई जोड्ने रिडी बजारबाट वडीघाट रुद्रावती) को किनार हुँदै ३३ कि.मी. कच्ची मोटरबाटो पार गरी मकफी विकास केन्द्रसम्म पुग्न सकिन्छ । हाल यो बाटो बुटवल, तानसेन हुँदै गुल्मीको वामीटक्सार र बाग्लुङ्गको बुर्तिवाङ्गसम्म यातायात चालु रहेको छ ।

 

५. भू-स्वामित्वको स्थिति :
a