दिर्घकालिन सोच लक्ष्य र उदेश्यः

१. दिर्घकालिन सोच

  • दिगो कफी विकासको लागि राष्ट्रिय श्रोतकेन्द्रको रुपमा रही गुणस्तरयुक्त वीउ/विरुवा, तालिम र समसामयिक प्राविधिक सेवा उपलब्ध गराउने ।


२. लक्ष्य

  • कफीको जातीय बगैंचा (Varietal Block) स्थापना तथा व्यवस्थापन ।
  • गुणस्तरयुक्त कफी वीउ तथा विरुवा उत्पादन तथा वितरण।
  • कफी उद्यमशिलता विकासको लागि सीप विकास तालिम तथा प्राविधिक सेवाको उपलव्धता।
  • कफी समस्यामा आधारित स-साना कार्यमूखी अध्ययन र परिक्षण।
  • समय सापेक्ष गुणस्तरयुक्त उत्पादन, प्रशोधन तथा वजारीकरण सम्बन्धी प्रविधी विकास एवं विस्तार।
  • जातीय जर्मप्लाजम संकलन, संरक्षण एवं सम्बर्धन ।


3.  बृहत उद्देश्य :

  • प्राङ्गारिक कफीको उत्पादन, प्रशोधन तथा बजारीकरणको लागि अध्ययन, अनुसन्धान तथा प्रदर्शनवाट प्राप्त सफल प्रविधिहरुलाई तालिम लगायत विभिन्न माध्यमहरुवाट उद्यमशीलता तथा व्यवसायिकरण गर्न सहजीकरण गर्दै कृषक/उद्यमीहरुको आर्थिक सुधार गर्न योगदान पुऱ्याउने ।

4. उद्देश्य :

  • विभिन्न अनुसन्धान, अध्ययन प्रदर्शनवाट उत्कृष्ठ प्रमाणित भएका कफीका विभिन्न जातहरुको बीउ तथा विरुवा उत्पादन एवं विक्री वितरण गरी क्षेत्र बिस्तारमा टेवा पु¥याउने ।
  • कफीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न प्राविधिक सेवा टेवा पु¥याउने ।
  • निजी तथा संघसंस्थामा स्थापित नर्सरी फार्महरुको आवश्यकता अनुसार अनुगमन, निरिक्षण र पृष्ठपोषण गर्ने ।
  • कफीका उन्नत जातहरु लगायत विद्यमानमा रहेका समस्याहरु पहिचान गरेर उपयुक्त कृषि प्रविधिको खोजी एंवं अध्ययन परीक्षण गर्ने ।
  • कफी कृषकहरु तथा प्राविधिकहरुलाई कफी खेती प्रविधि सम्बन्धी समय सापेक्ष तालीम प्रदान गर्ने ।
  • स्थानीय एवं वाह्य क्षेत्रको हावापानी सुहाउँदो कफी बालीहरुको जर्मप्लाज्म संकलन तथा संबर्धन, गर्ने
  • कफी सम्बन्धी विभिन्न क्षेत्रका तालिममा विषय-विशेषज्ञलाई प्रशिक्षकको रुपमा उपलब्ध गराई कृषि प्रविधिको विस्तारमा सहयोग पुर्याउने ।