दिर्घकालिन सोच

दिगो कफी विकासको लागि राष्ट्रिय श्रोत केन्द्रको रुपमा रही गुणस्तरयुक्त वीउरविरुवा, तालिम र समसामयिक प्राविधिक सेवा उपलब्ध गराउने ।

लक्ष्य

कफीको जातीय बगैँचा (Varietal Block) स्थापना तथा व्यवस्थापन
गुणस्तरयुक्त कफी वीउ तथा विरुवा उत्पादन तथा वितरण
कफी उद्यमशिलता विकासको लागि सीप विकास तालिम तथा प्राविधिक सेवाको उपलव्धता
कफी समस्यामा आधारित स¬ साना कार्यमूखी अध्ययन र परिक्षण
समय सापेक्ष गुणस्तरयुक्त उत्पादन, प्रशोधन तथा वजारीकरण सम्बन्धी प्रविधी विकास एवं विस्तार
जातीय जर्मप्लाजम संकलन, संरक्षण एवं सम्बर्धन

उद्धेश्यहरु

बृहत उद्देश्य
प्राङ्गारिक कफीको उत्पादन, प्रशोधन तथा बजारीकरणको लागि अध्ययन, अनुसन्धान तथा प्रदर्शनवाट प्राप्त सफल प्रविधिहरुलाई तालिम लगायत विभिन्न माध्यमहरुवाट उद्यमशीलता तथा व्यवसायिकरण गर्न सहजीकरण गर्दै कृषकरउद्यमीहरुको आर्थिक सुधार गर्न योगदान पुर्‍याउने ।

उद्देश्यहरुः
विभिन्न अनुसन्धान, अध्ययन प्रदर्शनवाट उत्कृष्ठ प्रमाणित भएका कफीका विभिन्न जातहरुको वीउ तथा विरुवा उत्पादन एवं विक्री वितरण गरी क्षेत्र बिस्तारमा टेवा पु¥याउने ।
कफीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न प्राविधिक सेवा टेवा पु¥याउने ।
निजी तथा संघसंस्थामा स्थापित नर्सरी÷फार्महरुको आवश्यकता अनुसार अनुगमन, निरिक्षण र पृष्ठपोषण गर्ने ।
कफीका उन्नत जातहरु लगायत विद्यमानमा रहेका समस्याहरु पहिचान गरेर उपयुक्त कृषि प्रविधिको खोजी एंवं अध्ययन परीक्षण गर्ने ।
कफी कृषकहरु तथा प्राविधिकहरुलाई कफी खेती प्रविधि सम्बन्धी समय सापेक्ष तालीम प्रदान गर्ने ।
स्थानीय एवं वाह्य क्षेत्रको हावापानी सुहाउँदो कफी बालीहरुको जर्मप्लाज्म संकलन तथा संबर्धन, गर्ने ।
कफी सम्बन्धी विभिन्न क्षेत्रका तालिममा विषय–विशेषज्ञलाई प्रशिक्षकको रुपमा उपलब्ध गराई कृषि प्रविधिको विस्तारमा सहयोग पु¥याउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *